Madhes Khabar
मधेस प्रदेश

नागरिकताविहिनहरुकाे न्यायका लागि सत्याग्रह बस्ने संविधानसभा सदस्य शर्माको घाेषणा

जनकपुरधाम,३१जेष्ठ : संविधानसभा सदस्य रामकुमार शर्माले नेपाली भएर पनि अनागरिक बनेका युवाहरुको न्यायका लागि असार १ गतेबाट सत्याग्रह बस्ने घोषणा गरेका छन् ।

 

जनकपुरधाममा उनले बुधवार पत्रकार सम्मेलन गरी काठमाडौंकाे माइतीघर मण्डलामा असार १ गतेबाट सत्याग्रह बस्ने घोषणा गरेका हुन् । नागरिकता विहिनहरुको पीडामा सहयोग गर्नुपर्छ सोचेर सत्याग्रहमा बस्ने निर्णय लिएको उनले बताए ।

दुईटै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्दा राजपत्रमा समेत प्रकाशित भइसकेको अवस्थामा षड्यन्त्र गरी अदालतमा रिट हालेर नागरिकता वितरण रोकिएकामा उनले दुःख व्यक्त गरे ।

उनले भने, ‘नागरिकता नपाएकै कारण १० लाख यूवा बेरोजगार छन् । उनीहरु ठूलो समस्या झेलिरहेका छन् । त्यसैले अविलम्ब नागरिकता समस्या समाधान हुनुपर्छ । सर्वोच्च अदालतले पनि न्याय गर्नुपर्छ ।’

वृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्का पूर्व अध्यक्ष समेत रहेका शर्माले तत्काल नागरिकता समस्या समाधान नभए राष्ट्रिय एकतामाथि नै खतरामा पर्ने र देशमा द्धन्द्ध र हिंसा बढ्ने बताए ।

Related posts

टिकटकस्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा, प्रहरीद्वारा लाठीचार्ज

MadhesKhabar

वीरगन्ज महानगरको मतगणना ११ बजे देखि शुरु गरिने

MadhesKhabar

रिटर्नी फेडेरेशन नेपालको रौतहट अध्यक्षमा चौधरी

MadhesKhabar

Leave a Comment