Madhes Khabar
अर्थतन्‍त्र

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको प्रबर्द्धन गर्न सरकार दृढ छ : मन्त्री रिजाल

काठमाडौं ,२४जेष्ठ : संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औँ स्थापना दिवस दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, बिस्तार र प्रवद्र्धन गरिनुपर्नेमा सरकार दृढ रहेको बताएका हुन् ।

उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार बिस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए ।

मन्त्री रिजालले साना तथा मझौला उद्योगको विकास तथा बिस्तारले स्थानीयस्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे ।

कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए ।साभार: राताेपाटी

Related posts

एक वर्षमा ११ करोड रुपैयाँको नेपाली अचार विदेशमा निर्यात

MadhesKhabar

निजी क्षेत्रका समस्या सामधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेतृत्व गर्छ : अध्यक्ष अग्रवाल

MadhesKhabar

‘सिक्दै कमाउदै कार्यक्रम’ उदेश्यले वीरगन्जमा दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’ सुरु

MadhesKhabar

Leave a Comment