Madhes Khabar
अर्थतन्‍त्र

पर्साको ग्रामीण भेगबाट जाली नोटका दुइ कारोबारी पक्राउ

मधेसखबर
वीरगन्ज,१६जेठ
:पर्साको ग्रामीण भेगबाट प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने दुइ जना युवकलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ८ का १९ वर्षिय राजाबाबु साह तेली र पटेर्वासुगौली गाँउपालिका घर भइ हाल बहुदरमाइ नगरपालिका ८ मै बस्दै आएका २० वर्षिय अजय सहनी रहेका छन् । उनिहरुको साथबाट नेपाली एक हजार दरको २० थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले दुवै जनालाइ मेलाबाटै नेपाली १ हजार दरको २० थान नोट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाइ ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Related posts

प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल र मालाको आयातमा प्रतिबन्ध लगाउने वन मन्त्री यादवको निर्णय

MadhesKhabar

‘सिक्दै कमाउदै कार्यक्रम’ उदेश्यले वीरगन्जमा दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’ सुरु

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment