Madhes Khabar
राजनीति

गौर हत्याकाण्डको फाइल खोल्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं, १६ जेष्ठ :प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले ठूला ठूला गौर हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।मंगलबार माओवादी मुख्यालय पेरिसडाडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताए।

उनले २०४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरूको सम्पती छानबिन गर्ने समेत बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे ।

राज्यको नेतृत्वमा बस्नेहरू नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङमार्फत् हुने भ्रष्टाचारविरुद्ध दरोसँग उभिने संकल्प गरेको बताए। प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केहि नयाँ गर्नेगरि भारत भ्रमणमा जान लागेको जानकारी दिए।

 

Related posts

पर्सा–२ का उम्मेदवार चौरसियालाई समर्थन गर्दै पर्सागढी–४ का वडासदस्यहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

उर्मिला अर्यालले त्यागिन् माओवादी पार्टी

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

MadhesKhabar

Leave a Comment