Madhes Khabar
समाज

प्रेस युनियनद्वारा कलैया अस्पतालका बिरामीहरुलाई फलफुल वितरण

वीरगन्ज ,१३ जेष्ठ : नेपाल प्रेस युनियनकाे ३२ओैं स्थापना दिवसकाे अवसरमा बाराकाे कलैयास्थित जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

शनिबार प्रेस युनियन बाराले कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेकाे । अस्पतालकाे विभिन्न वाडमा भर्ना भई उपचाररत ६० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडाले जानकारी दिए ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवकाे अध्यक्षतामा भएकाे फलफुल वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , मधेस प्रदेश सदस्य सन्जिव कुमार मिश्र, पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डे , प्रेस युनियन बाराका नेता सिकेन्द्र पासवान लगायतकाे पनि सहभागीता थियाे ।

Related posts

पर्सामा अपाङ्गता भएका चार असक्तले लायन्स क्लबबाट पाए ह्वील चेयर

MadhesKhabar

बारामा बोक्सीको आरोप लगाएर महिलाको कपाल काटेर गरियो निर्घात कुटपिट

MadhesKhabar

शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रतिष्ठानकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment