Madhes Khabar
शिक्षा

शैक्षिक सुधारका लागि सरकारी विधालयमा स्वंयसेवक शिक्षक भर्ना गर्दै वीरगन्ज महानगर

वीरगन्ज, ८ जेष्ठ : वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि स्वंयसेवक शिक्षक भर्ना गर्ने भएको छ ।विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको भन्दै महानगरले सोमबार स्वंयसेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

विभिन्न विषयमा आधारभूत तह (६–८) का लागि १०६ जना स्वंयसेवक शिक्षक माग गरेको महानगरले माद्यमिक तहका लागि पनि ७४ जना शिक्षक माग गरेको छ ।

आधारभूत तहमा नेपाली विषयको लागि २९ जना, अंग्रेजी १५, गणित १८, विज्ञान २६, सामाजिक १० र कम्प्युटर विषयका लागि ८ जना स्वंयसेवक शिक्षक माग गरिएको छ ।

यस्तै माद्यमिक तहका लागि नेपाली विषयको १४ जना, अंग्रेजी १०, गणित १३, विज्ञान १२, सामाजिक १०, स्वास्थ्य जनसंख्या तथा वातावरण २, अर्थशास्त्र ४, लेखा २, गणित÷विज्ञान ५ र कम्प्युटर २ जना शिक्षक माग गरिएको छ ।

शैक्षिक योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।वीरगञ्ज महानगरका लागि हाल झण्डै ३ सय जना शिक्षकको अभाव रहेको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

Related posts

सरकार भन्छ :’शिक्षकलाई वार्तामा बोलायौं’, शिक्षक महासंघ भन्छ :’थाहा छैन’

MadhesKhabar

मधेसका सरकारी विद्यालयमा शिक्षककाे व्यवस्थापनमा विभेद गरिएको छ : मुख्यमन्त्री सिंह

MadhesKhabar

किशोरी शिक्षा प्रभावकारी बनाउन निचुटामा अन्तरकृया कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment