Madhes Khabar
राजनीति

संसदकाे विषयगत समितिहरु गठन ,सुशासन समितिमा सांसद अजय चाैरसिया

काठमाडौं,१५बैशाख :प्रतिनिधिसभाको संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) अजयकुमार चाैरसिया मनाेनित भएका छन् ।२५ सदस्यीय उक्त समितिमा गगन कुमार थापा, रवि लामिछाने, विश्वप्रकाश शर्मा , सरिता प्रसाईं लगायत रहेका छन् ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रियसभाको समेत गरी दुईवटा विषयगत समिति रहेका छन् ।

प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति,राज्यव्यवस्था तथा सुशासन समिति,पूर्वाधार विकास समिति,शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

Related posts

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

MadhesKhabar

मधेस प्रदेशमा असंवैधानिक नियुक्त मुख्यमन्त्रीले गर्ने निर्णयहरु रोक्का गर्न विद्यार्थी र युवा संगठनको माग

MadhesKhabar

चुनाव फागुन २१ मै हुनुपर्छ : पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

Leave a Comment