Madhes Khabar
राजनीति

मधेस प्रदेशमा असंवैधानिक नियुक्त मुख्यमन्त्रीले गर्ने निर्णयहरु रोक्का गर्न विद्यार्थी र युवा संगठनको माग

जनकपुरधाम,४मंसिरःमधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ती असंवैधानिक रहेको भन्दै आन्दोलनरत ७ दलका युवा र विद्यार्थी संगठनहरुले उनले गर्ने निर्णयहरु रोक्का गर्न माग गरेका छन् ।

७ दलका युवा तथा विद्यार्थी संगठनहरूले बिहीबार संयुक्त रूपमा प्रदेशका प्रमुखका सचिवलाई ज्ञापनपत्र बुझाउँदै सर्वोच्च अदालतले समेत दीर्घकालिन प्रभावका कुनै निर्णय मुख्यमन्त्री यादवले गर्न नपाउने आदेश दिइसकेको अवस्था रहेकाले उनले गर्ने निर्णय रोक्का गर्न माग गरेका हुन् । साथै उनिहरुले विवादित मुख्यमन्त्री यादव तथा उनले गठन गरेको मन्त्रीपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने मागपनि गरेका छन्।

देश जेनजी आन्दोलनपछि गम्भीर आर्थिक संकटमा रहेको समयमा मधेस प्रदेशमा विवादित नेतृत्वबाट हुने अतिरिक्त खर्च तथा निर्णयले प्रदेश प्रशासनमा थप अव्यवस्था सिर्जना हुने भन्दै चिन्तापनि ७ दलीय विद्यार्थी र युवा संगठनहरुले व्यक्त गरेका छन्।

असंवैधानिक मानिएका मुख्यमन्त्रीले कर्मचारी सरुवा, पदस्थापन, कार्यालय प्रमुख तोक्ने, योजनाका चिठीपत्र वितरण गर्ने जस्ता कार्यहरू मौखिक दबाबमार्फत अघि बढाइरहेको भन्ने जानकारी आएको भन्दै ती काम तत्काल रोकिनुपर्ने उनीहरूको माग छ।

सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म कुनै पनि नीतिगत तथा प्रशासनिक कार्यान्वयन नगर्न तथा नगराउन सम्बद्ध निकायहरूलाई निर्देशन दिनपनि उनिहरुले आग्रह गरेका छन्।

Related posts

उपेन्द्र यादव फेरि बने जसपा नेपालकाे अध्यक्ष

MadhesKhabar

रास्वपाले ४ मन्त्रालय पाउने, रवि लामिछाने गृहमन्त्री बन्दै

MadhesKhabar

गठबन्धनमा लोसपाले ८ सिट लिने सहमति , पर्सा १ बारे छलफल जारी

MadhesKhabar

Leave a Comment