Madhes Khabar
राजनीति

नागरिकताविहिनका लागि नागरिकता माग्दै माओवादी नेता शर्माले थाले भाेक हडताल

काठमाडौं ,२असार: नागरिकताविहिन नेपालीलाई नागरिकता दिनुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार शर्माले काठमाडौंकाे माइतीघर मण्डलामा सत्याग्रह (भोक हडताल) थालेका छन् ।युवाहरुको आन्दोनलको समर्थन गर्दै नेता शर्माले शुक्रबारबाट सत्याग्रह थालेका हुन् । उनले शनिबार पनि भोक हडताल जारी राखेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधयेक जारी गरेपनि सर्वोच्च अदालतको अल्पकालिन आदेश पछि विधयेक कार्यान्वन भएको छैन। अल्पकालिन आदेशले नागरिकता वितरणमा रोक लगाएपछि नागरिकता विहिन युवाहरुले माइतिघरमा आन्दोलन चर्काउँदै आएका हुन् ।

त्यस आन्दोलन र सत्याग्रहमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जनमत पार्टी अध्यक्ष डा.सिके राउत, जनमत पार्टीका सांसद् अब्दुल खान, स्वतन्त्र संसद अमरेश सिंह, जसपा नेता तथा मधेश प्रदेशका पूर्वराज्य मन्त्री योगेन्द्र यादव लगायतले समर्थन गर्न धर्नास्थल पुगेका थिए ।

नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा विचल्लीमा परेको नेता शर्माले बताए । अविलम्ब नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदालतले गर्नुपर्ने उनको माग छ ।

‘नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको छ । संविधान जारी भएको मितिले ३ वर्षभित्र संघीय संसदबाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिए छ तर, राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च हुँदै आएको छ । अब त अत्ति नै भयो,’ उनले भने ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

बारा-२ मा राजेन्द्र महताे चुनाव लड्ने चर्चाले उपेन्द्र यादव तनावमा

MadhesKhabar

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

MadhesKhabar

एमाले अध्यक्ष ओलीसंग प्रतिस्पर्धा गर्न रास्वपाले बालेनलाई झापा–५ को टिकट

MadhesKhabar

Leave a Comment