Madhes Khabar
स्थानिय

नयाँ बर्षको उपलक्ष्यमा सनातन संस्कृति समाजको शुभकामना आदानप्रदान

वीरगन्ज,३० चैत : सनातन संस्कृति समाज नेपालले बिहीबार नयाँ बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नंबर १२ रानिघाटमा भएको कार्यक्रममा नयाँ वर्षको शुभकमना आदान प्रदान गर्दै व्ययवासी र सन्चा।कर्मीहरुलाई सम्मानित पनि गरिएको थियो ।

कार्यक्रममा व्यवसायीहरु नरेश कुमार साह, धिरज सिंह, रामबाबु साह,सन्तोषकुमार कलवार, सन्चारकर्मी शंकर खतिवडा , ध्रुव साह, तुलसी भण्डारी, पवन प्रसाद साह, राहुल गुप्ता, किरण सत्याल, कल्याण बहादुर हाडा, शेषमन पंडित, चन्द्रशेखर कुमार प्रजापति, युवराज खड्का लगायतलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको थियो ।

सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष शम्भु प्रसाद चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक राजेश गुप्ता, सनातन संस्कृति समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सहमहामन्त्री अजय पौडेल, नेपाल राष्ट्रवादी समुहका अध्यक्ष विरेन्द्र थापा लगायतको उपस्थिती थियो ।

 

Related posts

पर्साकाे ग्रामीण भेगमा हात्ती र बाघकाे आतंक

MadhesKhabar

रामनगरीमा नवनिर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन

MadhesKhabar

वीरगन्जमा सडकका कुकुरहरु मारेकोमा पशु अधिकारकर्मीको विरोध

MadhesKhabar

Leave a Comment