Madhes Khabar
शिक्षा

सखुवाप्रसौनीको दलित विधालयमा दुई कोठे भवनको शिलान्यास

मधेसखबर
वीरगन्ज,२६चैत : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ सोलखपुरमा दलित मुक्ति अधारभुत विधालयमा दुई कोठे भवनको आइतबार शिलान्यास गरिएको छ ।सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पूजापाठ गरि भवनको शिलान्यास गरेका हुन् ।

उक्त विधालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दुई कोठे भवन निर्माण गर्न थालिएको हो । भवन निर्माणकाो लागत २२ लाख ५० हजार रुपैयाँ रहेको विधालयका प्रधानाध्यापक राधेश्याम कुमार रामले बताए ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष महम्मद आरिफ अन्सारी , गाँउपालिकाका शिक्षा शाखा प्रमुख नेपालेन्दु साह, वडासदस्यहरु गुलजरीया देवी कोईरी, अक्षय साह, विधालय व्यवस्थापन समितिका अध्यक्ष लाल बिहारी राम,सदस्यहरु सुनैना देवी,प्रभु राम,विबराट राम,शिक्षिका अनुपा देवी,शिक्षक तारकेश्वर कुमार राम लगायतको उपस्थितिमा रहेको थिया ।

 

Related posts

पर्साको एक विद्यालयका शिक्षकहरुद्धारा सामुहिक सरुवाको माग

MadhesKhabar

पटेर्वा सुगौलीमा शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा राजेश्वर प्रसाद चयन

MadhesKhabar

माग पुरा गर्न सरकार तयार भएपछि निजी विद्यालयहरुकाे आन्दोलन स्थगित

MadhesKhabar

Leave a Comment