Madhes Khabar
समाज

वीरगन्जको पिपरामा ग्यालेक्सी युथ क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

मधेसखबर
वीरगन्ज,२५चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा शनिबार ग्यालेक्सी युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबको २७ औं वार्षिक उत्सवको अवसरमा पिपरा धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ३७ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा रेखा सिंह पटेल , राकेश कुमार साह , राजेश्वर पटेल , श्याम रौनियार , अमित पटेल , दिपेन्द्र पटेल लगायतका रहेको स्थानीय युवा अनिल पटेलले जानकारी दिए ।

क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षता तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम , अतिथी नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंह , एलएस न्यूरो अस्पतालका सन्चालक डाक्टर श्यामबाबु पटेल लगायतको पनि उपस्थिती थियो ।

रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।कार्यक्रममा क्लबले विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्याक्तिलाई सम्मानित पनि गरेको क्लबका अध्यक्ष पटेलले जानकारी दिए ।

 

Related posts

वीरगन्जमा निखिल ज्वेलर्सले आयोजना गरेको कार्यक्रममा ४६ जनाले गरे रगत दान

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

निजामती सेवा दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण

MadhesKhabar

Leave a Comment