Madhes Khabar
समाज

वीरगन्जको पिपरामा ग्यालेक्सी युथ क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

मधेसखबर
वीरगन्ज,२५चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा शनिबार ग्यालेक्सी युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबको २७ औं वार्षिक उत्सवको अवसरमा पिपरा धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ३७ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा रेखा सिंह पटेल , राकेश कुमार साह , राजेश्वर पटेल , श्याम रौनियार , अमित पटेल , दिपेन्द्र पटेल लगायतका रहेको स्थानीय युवा अनिल पटेलले जानकारी दिए ।

क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षता तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम , अतिथी नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंह , एलएस न्यूरो अस्पतालका सन्चालक डाक्टर श्यामबाबु पटेल लगायतको पनि उपस्थिती थियो ।

रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।कार्यक्रममा क्लबले विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्याक्तिलाई सम्मानित पनि गरेको क्लबका अध्यक्ष पटेलले जानकारी दिए ।

 

Related posts

वीरगन्जमा काँग्रेसबाट टिकट नपाएर अरु दलमा गएकाहरुलाइ पार्टीमा फर्कन अपिल

MadhesKhabar

मेयर सिंह भन्छन् : गलत काम गर्छु भने कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको हो

MadhesKhabar

वीरगन्ज बालसुधार गृहको दूरावस्था सुधार गर्न मानव अधिकारकर्मीहरुको आग्रह

MadhesKhabar

Leave a Comment