Madhes Khabar
राष्ट्रिय

मिटरब्याज पिडितहरुकाे समस्या समाधान गर्न सरकारले गठन गर्याे उच्चस्तरीय आयोग

काठमाडौं ,१८चैत:सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।

पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको बयोग गठन र यसले आइतबारसम्म पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

‘प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको छ,’ उनले भने, ‘आइतबारसम्म आयोगले पूर्णता पाउँछ ।’

पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेछन् । आयोगका सबै सदस्यहरू भने टुंगिसकेको छैन् ।

सबै जिल्लामा आयोगको संरचना रहनेछ ।साभार:अनलाइनखबर

Related posts

ठोरी–केरुङ लोकमार्ग निर्माणको चर्चा सेलाउँदा ठोरीबासी निरास

MadhesKhabar

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

MadhesKhabar

रवि सांसदबाट पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने

MadhesKhabar

Leave a Comment