Madhes Khabar
स्थानिय

पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

मधेसखबर
वीरगन्ज,१७ चैत : पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका ४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् ।

जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा उनिहरुको साबाट तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजा सहित दुई जना पक्राउ परेका छन् ।जितपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षिय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षिय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।
गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

 

Related posts

वीरगन्जमा जनमत पार्टीद्वारा निःशुल्क विरुवा वितरण अभियान सुरु

MadhesKhabar

“एक घर, एक बिरुवा” अभियान अन्तर्गत वीरगन्ज महानगरद्वारा फलफूलका ५ हजार बिरुवा नि:शुल्क वितरण

MadhesKhabar

वीरगन्ज हेल्थकेयर अस्पतालमा आगो लाग्दा कारोडौंको क्षति

MadhesKhabar

Leave a Comment