Madhes Khabar
समाज

वीरगन्जकाे श्रीपुरमा युवाहरुकाे पहलमा सफाइ अभियान शुरु

वीरगन्ज ,११च‌ैत: विरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा शनिबार देखि सरसफाई सहितकाे जनचेतनामुलक एक हप्ते कार्यक्रम सुरु भएको छ ।

वीरगन्ज सिटी राेयल युवा क्लबले आफनाे गाँउटाेल आफैं बनाउँ, आफनाे घरआँगन आफैं सफा राखाैं भन्ने नाराका साथ याे कार्यक्रम सन्चालन गरेकाे हाे ।

पहिलाे दिन शनिबार चैती छठ पर्वको पुर्वसन्ध्यामा वडाका विभिन्न टाेल र रानीघाट स्थित छठघाटकाे पनि सरसफाइ गरिएको छ ।

शनिबारकाे सरसफाई कार्यक्रममा वडाध्यक्ष अजय चौरसिया, पूर्व वडाध्यक्ष प्रधुमन सेढाई, वडा सदस्य मुस्तकिम हवारी, वीरगन्ज सिटि रोयल युवा क्लबका अध्यक्ष सुरज महतो धानुक , उपाध्यक्ष शशिकान्त कुमार , सचिव आलोक महतो, सह–सचिव रामप्रति महतो, कोषाध्यक्ष ज्ञानेन्द्र महतो, सदस्य बाल्मिकी कुमार , भिम महतो, दिपु पटेल, जसपाका वडा इकाई समितिको अध्यक्ष प्रसन्न महतो धानुक , समाजसेवी गौरी शंकर गिरी, स्थानीय युवा शम्भु भहतो,रामबाबु मण्डल ,सनी महतोका साथै महानगरपालिकाका महिला सरसफाईकर्मीहरुको सहभागीता रहेको थियो ।

Related posts

दशौतामा आयोजित निशुःल्क आँखा शीवीरमा १४८ जनाको आँखा परिक्षण

MadhesKhabar

अनियमित लोडसेडीगं विरुद्ध वीरगंजमा फेरी प्रर्दशन

MadhesKhabar

ठोरीको वृद्धाश्रममा उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

Leave a Comment