Madhes Khabar
स्थानिय हेडलाइन

ठोरीमा बाघकाे आतंक : गोठमै पसेर आधा दर्जन बढि चाैपाया मार्याे

वीरगन्ज ,७चैत : पर्साकाे ठाेरीमा पाटे बाघले गाँउमै पसेर चाैपायाहरु मारेपछि स्थानीय आतंकीत भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जकाे जंगलबाट साेमबारराति गाँउ छिरेकाे पाटे बाघले ठोरीको घ्याङडाडाका स्थानीय मिकमर लामाको गोठमा पसेर बाख्रा र पाडा मारेको छ ।राती करीब १२ बजेतिर गोठमा पसेर पाटे बाघले ६ वटा बाख्रा र एउटा पाडा मारेको स्थानिय बुद्ध पाख्रीनले जानकारी दिए।

मध्यरातमा पाटे बाघले आतंक मच्चाएपछि स्थानीयबासीले पर्सा राष्ट्रिय निकुञ्जका नेपाली सेनालाई खबर गरेका थिए । निकुञ्जबाट आएका सेना , स्थानीयबासी र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले मंगलबार बिहान ४ बजे मात्रै उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्जकाे जंगल तर्फ धपाउन सफल भएकाे पाख्रीनले जानकारी दिए।

Related posts

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

MadhesKhabar

पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन

MadhesKhabar

वीरगन्ज–५ का वडाध्यक्ष चौरसियाको सरहानीय काम :लाभग्राहीहरुको घरघरमै पुगेर गरे नविकरण

MadhesKhabar

Leave a Comment