Madhes Khabar
राजनीति

लाेसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी बिच कार्यगत एकता गर्ने सहमति

काठमाडौं ,२७फागुन: लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिएक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति शनिबार सहमति भएको हो ।

सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

‘नागरिकता ऐन जारी, राजबन्दीको मुद्दा फिर्ता, पूर्वसहमति कार्यान्वयन र उपराष्ट्रपतिमा हाम्रो पार्टीको उम्मेदवार सघाउने गरी कार्यगत एकताको सहमति भएको हो,’ जनमतका अध्यक्ष सीके राउतले भने,’गठबन्धनभित्र ३ जना उम्मेदवार उठाउने सहमति भएको हो । भोलिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुटेन भने मित्रवत् प्रतिस्पर्धा हुन्छ । गठबन्धन कायमै रहन्छु ।’

कार्यगत एकताको निर्णयमा पुगेका यी तीन पार्टीको संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व रहेको छ । यी पार्टी कांग्रेस-माओवादी गठबन्धनमा रहेका छन् । तर उपराष्ट्रपति निर्वाचनका लागि सहमति नजुटेपछि जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन् ।साभार:कान्तिपुर

Related posts

पर्सामा जनमत पार्टीकाे लहर बढ्दै ,एउटै वडामा सय भन्दा बढी युवाहरुले गरे पार्टी प्रवेश

MadhesKhabar

मेरोसहित सबैको सम्पत्ति पनि छानबिन गरियोस्, तर कानुनसम्मत होस् :सभापति गगन थापा

MadhesKhabar

पानीको समस्या समाधान गर्न माग गर्दै पर्साका राजनीतिक दलहरुले जारी गरे विज्ञप्ति

MadhesKhabar

Leave a Comment