Madhes Khabar
धर्म/संस्कृति

वीरगन्ज कारागारको समता स्कुलका बालबालिकासंग उपमेयर आलमले मनाए होली

वीरगन्ज,१९फागुन : वीरगन्ज कारागार परिसरमा रहेको समता स्कुलमा शुक्रबार होली महोत्सव कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड नेपाल फाउण्डेसन र वेल वीसर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले समता स्कुलमा अध्यनरत कैदीबन्दीका बालबालिकाहरुसंग रंगअबीर खेलेर होली मनाएका छन् ।

बालबालिकासंग होली खेल्दै उपमेयर आलमले होली रंग अबीरको पर्ब भएकाले उच्छृंखल तरिकाले नभइ सभ्य रुपमा मनाउन कार्यक्रममा सहभागीहरुलाइ आग्रह पनि गरे ।

कार्यक्रममा उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

रामायण सर्किटमा ‘भारत गौरव पर्यटक रेल’, बिहीबार जनकपुर आउने

MadhesKhabar

वीरगन्जको गीता मन्दिरका अनाधिकृत सटरहरुमाथि पनि चल्यो महानगरको डोजर

MadhesKhabar

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment