Madhes Khabar
धर्म/संस्कृति पर्यटन

रामायण सर्किटमा ‘भारत गौरव पर्यटक रेल’, बिहीबार जनकपुर आउने

मधेसखबर
वीरगन्ज, ०८ असार :रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको छ ।
‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर भारतीय समय अनुसार मंगलबार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ ।
उक्त रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ ।
भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइन्छ । साभार :अनलाइनखबर

Related posts

केपी ओलीले फेरि भने : भगवान् श्रीरामको जन्म पर्साको ठोरी मै भएको हो

MadhesKhabar

कलैयामा भाेलि ‘सदभाव र्‍याली’

MadhesKhabar

भाजपा नेतृ नुपुर शर्माको समर्थनमा वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

MadhesKhabar

Leave a Comment