Madhes Khabar
स्थानिय

वीरगन्जमा सवारी दुर्घटना : १८ महिने बालक सहित दुइ जनाको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,२ फागुन : वीरगन्जका छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १८ महिने बालक सहित दुइ जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित नगरसभागृह नजिकै मंगलबार दिउँसो ना. १ ह ३७४० नम्बरको ई–रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा आदर्शनगरकै राजीव कुमार मालीका छोरा १८ महिने ऋषभ मालीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ऋषभको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

दुर्घटनामा परेको ई–रिक्साका चालक वीरगन्ज–१० का ३५ वर्षीय राम सुन्दर दासलाई नियन्त्रणमा लिएर थप अनुसान्धान अगाडि बढाइएको गिरीले जानकारी दिए ।

यस्तै वीरगन्जकै अपौनीमा मालवाहक ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनीका नागेन्द्र ठाकुर रहेका छन् ।

सोमबार राति बहुअरीबाट परवानीपुर तर्फ जादैं गरेको बागमती प्रदेश ०३–००१ ख १४१८ नम्बरको ट्रकले साइकलमा सवार भइ परवानीपुरबाट अपौनी स्थित घर फर्कदै गरेका ठाकुरलाई ठक्कर दिएको थियो ।ट्रकले ठक्कर दिएपछि साइकलबाट लडेर सडक छेउको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भिर घाइते भएका ठाकुरको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको थाहा नगरपालिका ४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले जानकारी दिए ।

 

Related posts

हौंसला उच्च बनाएर पुननिर्माण र जनताको सेवामा लाग्न जनप्रतिनिधी र कर्मचारीलाई मेयरको आग्रह

MadhesKhabar

बारामा भूमि आयोगद्वारा जग्गाको नापजाँच शुरु

MadhesKhabar

छिपहरमाई गाँउपालिकामा अख्तियारकाे छापा

MadhesKhabar

Leave a Comment