Madhes Khabar
स्थानिय

वडा वडामा धारा जडान र ट्यांकी राखेर पानीको प्रबन्ध मिलाउँदै महानगर

वीरगन्ज,७ साउन : केहिदिन यता खानेपानी अभावको समस्यासंग जुधिरहेका वीरगन्जवासीका लागि वीरगन्ज महानगरपालिकाले पानीको व्यवस्था गर्न थालेको छ ।

वीरगन्ज महानगगरपालिकाले खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका वडा नम्वर १ देखि १७ र १९ गरि १८ वटा वडाहरुमा सोमबारदेखि निःशुल्क धारा जडान गर्ने तयारी गरेको छ ।यस्तै खानेपानी संस्थानको पाइपलाइन नपुगेका वडाहरुमा भने अहिले ट्यांकर मार्फत पानी ओसारेर अस्थायी रुपमा पिउने पानीको व्यवस्था महानगरले मिलाएको छ ।

महानगरका ९० प्रतिशत चापाकलहरु सुकेर पानीको समस्यासँग जुधिरहेका महानगरवासीलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले महानगरका कर्मचारी र वडाका जनप्रतिधिनीहरुलाइ निर्देशन दिएका थिए ।त्यहि निर्देशन अनुरुप , महानगरपालिकाले आइतबार वडा नम्वर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटर क्षमतको ट्यांकी राखेर त्यसमा ट्यांकरबाट पानी ओसारेर पिउने पानीको प्रबन्ध मिलाएको हो ।

यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरुमा जडान गर्ने कार्य भने सोमबारदेखि नै सुरु गर्ने गरि आवश्यक सबै प्रकृया मिलाइसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए । खानेपानी पाइपको लाइन भएका वडाहरुमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा सोमबारदेखि नै धारा जडान कार्य सुरु गरिने उनले बताए ।
उनले भने,‘ हरेक वडामा आवश्यकता अनुसार १०देखि १५ स्थानमा धारा जडान गरिन्छ , धारा जडानको खर्च र त्यसको बिलिङ महानगरपालिकाले नै व्यवहोर्छ ।

यस्तै संस्थानको पाइपलाइन विस्तार नभएका वडा तथा स्थानमा भने आइतबारदेखि नै १० हजार लिटरको ट्यांकी राखेर पानीको प्रबन्ध मिलाइएको पौडेलले बताए ।

यसैबिच आइतबार वीरगन्ज महानगरपालिका वडा नम्वर २५ मा भने वडाअध्यक्ष आशुतोष चतुर्वेदीले भने आफ्नो व्यक्तिगत खर्चमा ट्यांकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाएका छन् ।

सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्यांकी मार्फत ठाउँठाउँमा पानीको प्रबन्ध मिलाएको उनले बताए ।उनले भने,‘ महानगरको मात्रै मुख ताक्न हुदैन । सबै जनप्रतिनिधि, उद्योगी व्यवसायी साथमा साथ मिलाएर अघि बढे यस्ता विपत्तिहरु सहजै सामना गर्न सकिन्छ ।’

 

Related posts

बारामा १ कराेड बढी मूल्यकाे ६० केजी चाँदीसहित साेनार पक्राउ

MadhesKhabar

वीरगन्जका लागि खुशीको खबर : सरकारको पक्षमा सर्वोच्चको फैसला,अब टुट्ने भयो मेनरोड

MadhesKhabar

वीरगन्जबासीलाई करकाे दायरामा ल्याउन महानगरले सुरु गर्‍याे अभियान,मेयर सिंह आँफै घरघर र पसलमा पुग्दै

MadhesKhabar

Leave a Comment