Madhes Khabar
लुम्बिनी प्रदेश

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ : कांग्रेस नेता काेइराला

फाइल फाेटाे

काठमाडाैं, २९माघ :नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । उनले भने, ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।’

नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए ।रासस

Related posts

तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट एक युवकको मृत्यु

MadhesKhabar

दुई छाेरासहित गण्डक नहरमा हाम फालेकी प्रतिमासहित तीनै जनाकाे शव भेटियाे

MadhesKhabar

कपिलवस्तुको महाराजगञ्जमा दुई फरक धर्मका समुदायबीच झडपभएपछि लगाइयाे निषेधाज्ञा

MadhesKhabar

Leave a Comment