Madhes Khabar
लुम्बिनी प्रदेश

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी निर्वाचित

काठमाडौं , २५ माघ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।सत्ता गठबन्धनका समेत उम्मेदवार रहेका उनले नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।

खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्य ४ हजार २६ मत प्राप्त गरी दसौदी राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन ।
दशौसीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरि जम्मा ४ हजार २६ मतभार प्राप्त गरे ।कांग्रेसका उम्मेदवार आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका छन ।यस्तै नागरिक उन्मुक्ति पार्टीबाट रायले भने १ सय ९२ मतभार मात्रै प्राप्त गरे ।

लुम्विनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका लागि बुधबार भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए ।एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

 

Related posts

कपिलवस्तुमा बस दुर्घटना हुदाँ १० जनाको मृत्यु , ४० जना घाइते

MadhesKhabar

दुई छाेरासहित गण्डक नहरमा हाम फालेकी प्रतिमासहित तीनै जनाकाे शव भेटियाे

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment