Madhes Khabar
समाज

वीरगन्ज कारागारकाे विद्यालयका बालबालिकालाई जुत्ता ,कापीकलम र जुस वितरण

वीरगन्ज,२३माघ: वीरगन्ज कारागार परिसरमा रहेकाे समता स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई नि:शुल्क रुपमा जुत्ता, कापी, कलम, साबुन, बिस्कुट र जुस लगायतका सामग्री बितरण गरिएको छ ।

परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल वीरगन्जले साेमबार समता स्कुलमा अध्ययनरत ७५ जना बालबालिकाहरुलाई ती सामग्री वितरण गरेकाे हाे ।

वीरगन्ज कारागरमा आयाेजित कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले बालबालिकाहरुलाई सामग्री वितरण गर्दै सामाजीक कार्यमा सबैलाई हातोमालो गर्दै अगाडी बढ्न आग्रह गरे । उनले अगामी दिनमा पनि सामाजिक कार्य गर्नका साथै यस क्षेत्रको शान्ति सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, विद्यालयका शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

दुई कक्षासम्म पढाई हुने समता स्कुलमा करागारमा रहेका कैदीबन्दीका छोरा/छोरी लगायत अति बिपन्न वर्गका छोरा/छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन् ।

Related posts

पर्सा फोटोग्राफर एशोसिएसनले छोरीको विहेमा दियो सहयोग

MadhesKhabar

चार वर्षीया नाबालिकालाई बलात्कार गर्ने चौधरीलाइ जन्म कैदको सजाय

MadhesKhabar

वीरगन्जमा गरिमा विकास बैंकको कार्यक्रममा ६५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment