Madhes Khabar
समाज

वीरगन्ज कारागारकाे विद्यालयका बालबालिकालाई जुत्ता ,कापीकलम र जुस वितरण

वीरगन्ज,२३माघ: वीरगन्ज कारागार परिसरमा रहेकाे समता स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई नि:शुल्क रुपमा जुत्ता, कापी, कलम, साबुन, बिस्कुट र जुस लगायतका सामग्री बितरण गरिएको छ ।

परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल वीरगन्जले साेमबार समता स्कुलमा अध्ययनरत ७५ जना बालबालिकाहरुलाई ती सामग्री वितरण गरेकाे हाे ।

वीरगन्ज कारागरमा आयाेजित कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले बालबालिकाहरुलाई सामग्री वितरण गर्दै सामाजीक कार्यमा सबैलाई हातोमालो गर्दै अगाडी बढ्न आग्रह गरे । उनले अगामी दिनमा पनि सामाजिक कार्य गर्नका साथै यस क्षेत्रको शान्ति सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, विद्यालयका शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

दुई कक्षासम्म पढाई हुने समता स्कुलमा करागारमा रहेका कैदीबन्दीका छोरा/छोरी लगायत अति बिपन्न वर्गका छोरा/छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन् ।

Related posts

वीरगन्ज–८ मा वडा कार्यालयले ३५ जनालाई गर्‍यो ‘ नागरिक अभिनन्दन ’

MadhesKhabar

लैङ्गिक हिंसा प्रभावितहरूलाई राख्ने `सेफ हाउस´ वीरगन्जमा नहुँदा सेवा प्रवाहमा समस्या 

MadhesKhabar

गहवामाई मन्दिरमा भक्तजनकाे सेवामा खटिने स्वयंसेवकलाई अनलाइन न्युज दैनिकले दियाे ५० वटा टी-सर्ट

MadhesKhabar

Leave a Comment