Madhes Khabar
राष्ट्रिय

रविले प्रचण्डलाई भने- आज साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्छौं

काठमाडौं ,१७माघ : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले मंगलबार बेलुकीसम्मको डेडलाइन (समयसीमा) दिएको रविको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा रवि लामिछाने

‘हाम्रो सभापतिले बेलुकीसम्म निर्णय गर्न प्रधानमन्त्रीलाई भन्नुभएको छ,’ रविनिकट एक नेताले भने, ‘हामीलाई गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्छौं र समर्थन पनि फिर्ता लिन्छौं।’

नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।

लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्।साभार:नेपालखबर

Related posts

मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह

MadhesKhabar

हेटौंडा भएर काठमाडौं जाने सडकमा ४ दिनका लागि राती आउजाउ गर्न रोक

MadhesKhabar

प्रबल जनसेवा श्री पदकबाट डाक्टर सुबाेध गुप्ता पनि विभूषित हुने

MadhesKhabar

Leave a Comment