Madhes Khabar
राष्ट्रिय

नागरिकता लिने तयारीमा रवि लामिछाने ,आज जिल्ला प्रशासन कार्यालयमा जाने

काठमाडौं ,१५ माघ :रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज आइतबार कार्यालयमा आउने जानकारी आएको छ।

‘उहाँ आज जिल्ला प्रशासन कार्यालयमा आउने सुनेको छु। नेपाली नागरिकताका लागि उहाँले प्रक्रिया अगाडि बढाएपछि त्यसबारे हामीले गृह मन्त्रालयसँग समन्वय गरी नागरिकता दिनेबारे प्रक्रिया अघि बढ्छ,’ जिप्रका काठमाडौं स्रोतले भन्यो।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन्।

लामिछानेले सर्वोच्चको आदेश स्वीकार गर्ने प्रतिक्रिया दिएका थिए।

Related posts

प्रधानमन्त्री देउवाले सरकारबाट हटाए जसपाका चार मन्त्री

MadhesKhabar

ईन्टरनेट सेवा अवरुद्ध हुन नदिन निर्वाचन आयोगको संचार मन्त्रालयलाई निर्देशन

MadhesKhabar

सांसद यादवले भाेजपुरी भाषामा शपथ लिएपछि भारतीय नेता र कलाकारद्वारा प्रशंसा

MadhesKhabar

Leave a Comment