Madhes Khabar
राजनीति

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

वीरगन्ज,०५माघःप्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएको छ । प्रतिनिधीसभाको बैठकमा बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत परेको हो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ बसेका थिए।निर्वाचनमा सभामुखका लागि नेपाली कांग्रेसकी ईश्वर न्यौपानेले पनि उम्मेदवारी दिएकि थिइन् ।

सभामुखमा निर्वाचित घिमिरेलाई सरकारमा रहेको नेकपा एमाले , नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी ,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले मत दिएका हुन् ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई भने कांग्रेस , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेका थिए ।

Related posts

मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै

MadhesKhabar

Leave a Comment