Madhes Khabar
समाज

चिलझपटीमा आयाेजित शिवीरमा २२१ जनाकाे आँखा परिक्षण

मधेसखबर
वीरगन्ज ,१६पुस : पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ चिलझपटीमा शनिबनर निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेण्टरकाे प्राविधिक सहयाेगमा दाइजो एंव समाजिक कुरिति विरुद्ध जागरण मञ्च र वीरगन्ज कपडा बैंकले संयुक्त रुपमा आयोजना गरेकाे शिविरमा २२१ जनाले आँखा परिक्षण गराएका छन् ।ती मध्ये ३९ जनामा माेतिया विन्दुकाे समस्य फेला परेकाे र उनिहरुकाे यहि पुस १९ गते वीरगन्जकाे दृष्टि आँखा अस्पतालमा ६० प्रतिशत छुटमा शल्यक्रिया गराइने वीरगन्ज कपडा बैंकका अध्यक्ष वृजेश्वर प्रसाद चाैधरीले बताए।

 

चाैधरीकै अध्यक्षता तथा वडा अध्यक्ष बिहारी महताेकाे प्रमुख आतिथ्यतामा शनिबार भएकाे शिविरमा सन्तोष पटेल , राजेश यादव, संजय चौधरी,श्रीलाल यादव,सन्तोष कुशवाहा,भोला यादव,बच्चु साह,अरविन्द यादव,राबड़ी देवी,प्रमिला गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Related posts

बगही युवा क्लबको कार्यक्रममा ३ महिला सहित ७५ जनाले गरे रगतदान

MadhesKhabar

वीरगन्जमा राउण्ड टेबल नेपालको कार्यक्रममा २३ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा इन्स्पेक्टरहरुले गराए भोजन

MadhesKhabar

Leave a Comment