Madhes Khabar
स्थानिय

बाराकाे कबहीगाेठबाट ३० केजी गाजा बरामद

मधेसखबर
वीरगन्ज ,१२ मंसिर : बाराकाे सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगाेठबाट सशस्त्र प्रहरीले ३० केजी गाजा बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट कबहीगाेठबाट सशस्त्र प्रहरी निरिक्षक नवीन देउजाकाे नेतृत्वमा खटिएकाे गस्ती टाेलीले भारतीय सीमा क्षेत्र नजिकैबाट दुई वटा पाेकामा रहेकाे ३० केजी गाजा बरामद गरेकाे हाे ।

भरियाहरुले पैदल गाजा लिएर भारत तर्फ जाँदै गरेकाे अवस्थामा सशस्त्र प्रहरीकाे गस्ती टाेलीले देखेपछि भरियाहरु गाजाकाे पाेका फालेर भागेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गाजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्राैनगढमा बुझाईएकाे सशस्त्र प्रहरी निरिक्षक देउजाले जानकारी दिए ।

Related posts

माग सम्बोधन नभए आन्दोलन गर्ने पर्साका सरकारी कर्मचारीहरुको चेतावनी

MadhesKhabar

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

MadhesKhabar

घाइते महतो भेट्न नेता रिजाल अस्पतालमा

MadhesKhabar

Leave a Comment