Madhes Khabar
स्थानिय

बाराकाे कबहीगाेठबाट ३० केजी गाजा बरामद

मधेसखबर
वीरगन्ज ,१२ मंसिर : बाराकाे सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगाेठबाट सशस्त्र प्रहरीले ३० केजी गाजा बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट कबहीगाेठबाट सशस्त्र प्रहरी निरिक्षक नवीन देउजाकाे नेतृत्वमा खटिएकाे गस्ती टाेलीले भारतीय सीमा क्षेत्र नजिकैबाट दुई वटा पाेकामा रहेकाे ३० केजी गाजा बरामद गरेकाे हाे ।

भरियाहरुले पैदल गाजा लिएर भारत तर्फ जाँदै गरेकाे अवस्थामा सशस्त्र प्रहरीकाे गस्ती टाेलीले देखेपछि भरियाहरु गाजाकाे पाेका फालेर भागेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गाजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्राैनगढमा बुझाईएकाे सशस्त्र प्रहरी निरिक्षक देउजाले जानकारी दिए ।

Related posts

महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगन्ज महानगरका मेयर सिंहको निर्देशन

MadhesKhabar

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

हुण्डी काराेबारमा संलग्न एक युवतीसहित चार जना वीरगन्जबाट पक्राउ 

MadhesKhabar

Leave a Comment