Madhes Khabar
मधेस प्रदेश

सर्लाही २(ख) काे प्रदेशसभा सदस्यमा काँग्रेसका राय निर्वाचित

मधेसखबर
वीरगन्ज ,१० मंसिर : सर्लाही क्षेत्र नम्बर २ काे (ख) बाट नेपाली काँग्रेसका कौशलकिशोर राय प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीलाई १७९ मतान्तरले हराउदै राय प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । रायले नौ हजार ६२६ मत पाउदा चौधरीले नौ हजार ४४७ मत पाए ।

निवर्तमान प्रदेश सभा सदस्य रहेका जसपा उम्मेदवार अशोक कुमार यादवले आठ हजार ९४० मत प्राप्त गरेका छन् ।

Related posts

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

गढीमाई नगरपालिकाको बजेट ५५ करोड

MadhesKhabar

राष्ट्रपतिको कदम विरुद्ध सिके राउतको पार्टी पनि आन्दोलनमा

MadhesKhabar

Leave a Comment