Madhes Khabar
राष्ट्रिय

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

मधेसखबर
वीरगन्ज ,१० मंसिर : १४ वर्ष अघि भारतकाे मुम्बईमा भएकाे हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिवार काठमाण्डौं स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्वईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको हाे।

प्रदर्शनमा सहभागीहरुले ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य वन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन वन्द गर, आतंकी अखडा वन्द गर पाकिस्तान, मानवअधिकारको उल्लंघन वन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दु एक हौ’ भन्ने लगायतका नारा लगाएका थिए।

नोभेम्बर २६, २००८ मा लश्कर–ए–तैयबाका दश प्रशिक्षित र भारी सशस्त्र लडाकूहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए। चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए।

Related posts

पर्वतीय समस्यालाई नेपालले अन्तराष्ट्रिय स्तरमा जोडदार रुपले उठाउनु पर्छ : वन मन्त्री यादव

MadhesKhabar

जलवायु परिवर्तनको असर कम गर्न नेपालले युद्धस्तरमा काम गरिरहेको छ : वनमन्त्री यादव

MadhesKhabar

पर्सामा जसपाले खाता खोल्यो , दलित महिला सदस्य निर्विरोध निर्वाचित

MadhesKhabar

Leave a Comment