Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउने काँग्रेसको निर्णय

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : नेपाली काँग्रेसले पर्सामा चुनावी प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन विभिन्न निर्णयहरु गरेको छ ।
मङगलबार बसेको नेपाली काँग्रेस पर्साको जिल्ला निर्वाचन प्रचार प्रसार समितिको बैठकले जिल्लाका हरेक प्रतिनिधीसभा र प्रदेशसभा क्षेत्रमा काँग्रेसको प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले जिल्लाका ४ वटै निर्वाचन क्षेत्र र आठ वटै प्रदेश निर्वाचन क्षेत्रका हरेक पालिकामा पालिकास्तरीय निर्वाचन प्रचार प्रसार समति गठन गर्ने निर्णय गरेको छ । यस्तै लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउनका लागि पार्टीका भातृ र शुभेच्छुक संघसंगठनको पनि छुट्टा छुट्टै प्रचार प्रसार समिति गठन गर्ने निर्णय पनि गरिएको बैठकमा सहभागी काँग्रेस युवा नेता धिरज गुप्ताले जानकारी दिए ।यसका साथै केन्द्रबाट निर्वाचन सामाग्री जिल्लामा आए लगत्तै हरेक पालिकामा तुरुन्तै पठाएर वितरण गर्ने निर्णय पनि भएको गुप्ताले बताए ।

जिल्ला निर्वाचन प्रचार प्रसार समितिका संयोजक एंव जिल्ला उपसभापति अशोक कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकमा काँग्रेस पर्साका कोषाध्यक्ष प्रेम बहादुर थापा , महाधिवेशन प्रतिनिधी किरण सरकार , वीरगन्ज नगर सभापति मणिन्द्रलाल श्रेष्ठ, महिला नेतृहरु रम्भा मिश्रा, कनिका कौशीक, नेपाल शिक्षक संघका प्रदीप जयसवाल लगायतको सहभागीता थियो ।

Related posts

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

MadhesKhabar

मधेसवादी दलहरुले गठन गरे ८ सदस्यीय कार्यदल, लोसपाबाट परे लक्ष्मणलाल कर्ण

MadhesKhabar

जसपा नेपालका नेतालाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री यादवले भने : कांग्रेस ‘लास र दासको पार्टी’ हो

MadhesKhabar

Leave a Comment