Madhes Khabar
राजनीति

अब जनताकाे राेजाइ राप्रपा नै हाे : राप्रपा उम्मेद्वार नरेश साह

मधेसखबर
वीरगन्ज ,१० कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा राप्रपाबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार नरेश कुमार साहले देशलाई भ्रष्टाचारीहरुकाे जालाेबाट उन्मुक्ति दिलाउने एक मात्र विकल्प राप्रपा न‌ै रहेकाे बताएका छन् ।
बिहिबार साँझ बहुदरमाई नगरपालिकाकाे वडा नम्बर ३ मा चुनावी घरद‌लाेका क्रममा मतदाताहरुलाई सम्बाेधन गर्दै साहले अहिलेका सत्ताधारी र प्रतिपक्षमा रहेका दलहरु प्रति जनताकाे वितृष्णा बढेकाले विकल्पमा राप्रपा नै देखिएकाे बताए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका रुपमा याे देशले सच्चा सपुत पाएकाे भन्दै उनले राप्रपा र अध्यक्ष लिङदेनले जनताकाे भराेसा कदापि टुट्न नदिने विश्वास भएकै कारण आफू राप्रपाकाे उम्मेदवारका रुपमा पर्सा२ का जनता माझ आएकाे बताए।

साहले अरु उम्मेदवारहरुकाे जस्ताे आफुले हावादारी वाचा नगर्ने भन्दै राप्रपाकाे मुल लक्ष्य भ्रष्टाचार अन्त्य गर्नु भएकाले आफनाे नारा पनि त्यहि भएकाे बताए । साहले अहिलेका जनता र मतदाता सचेत भइसकेकाले आसन्न निर्वाचनमा राप्रपाका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी बनाउने दाबी पनि गरे।

साहले चुनावी घरदैलाेका क्रममा मतदाताले राप्रपा प्रति दर्शाएकाे समर्थनले आफू थप उत्साहित बनेकाे पनि बताए। घरदैले कार्यक्रममा राप्रपाका युवा नेताहरु विराज यादव, प्रशान्त दुबे लगायत सयाैंकाे सहभागिता थियाे ।

Related posts

मेलम्ची मुद्दामा नेपालको पक्षमा बलियो प्रमाण जुटाउन खानेपानी मन्त्री यादवको निर्देशन

MadhesKhabar

ओलीको आरोप: ‘प्रचण्ड र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्’

MadhesKhabar

दिईएको समयवधीमा पर्सामा ६ जनाद्वारा उम्मेदवारी फिर्ता

MadhesKhabar

Leave a Comment