Madhes Khabar
राजनीति

कांग्रेसले बागीलाई भन्यो : ३१ असोज सम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुन्छ

मधेसखबर
वीरगन्ज,२७ असोज : नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

कांग्रेसले यसअघि बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेहरुलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो । यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बिहीबार जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’ साभार : अनलाइनखबर

Related posts

पूर्व मेयर सरावगी एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा मनोनित

MadhesKhabar

काँग्रेसको धम्कीपूर्ण निर्देशन– बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकालिन्छ

MadhesKhabar

पर्सामा पनि दल बदलु र स्वतन्त्रहरुलाई फापेन चुनाव

MadhesKhabar

Leave a Comment