Madhes Khabar
राजनीति

मतदातालाई भेट्न खेतबारीमै पुगेकी गुप्ताले भनिन् : विभेद र असमानता अन्त्य गर्छु

मधेसखबर
वीरगन्ज ,२७ असाेज : पर्सा क्षेत्र नम्बर ३( ख) मा जसपा एमाले गठबन्धनकी साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीले चुनावी घरदैलो कार्यक्रमलाई तीब्रता दिएकी छन् ।

मंसिर ४ गते हुने प निर्वाचनलाई लक्षित गरी प्रदेशसभा सदस्य उम्मेदवार गुप्ताले मतदाताकाे घर र खेतबारीमै पुगेर मत दिन आग्रह गरिरहेकी छन् । चुनावी घरदैलाे कार्यक्रममा गुप्ताले मतदाताहरुलाई भेट्दै आफ्नो क्षेत्र र पर्सा जिल्लाको समग्र विकासका लागि आफू लागिपर्ने बताएकी छन् ।

स्थानीय विकास र समृद्धिका विषयलाई आफूले एजेण्डाको रुपमा अघि बढाउने उनकाे वाचा छ । विकास निर्माण भएका अनियमितता, विभेद र असमानता अन्त्यका लागि आफू राजनीतिमा आएको बताउँदै गुप्ताले जसपा एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेकी छन् ।

Related posts

पर्सापछि सप्तरीमा पनि फुट्यो जसपा, समानान्तर कमिटी गठन

MadhesKhabar

छपकैयामा रास्वपा उम्मेदवार कानुले भने :जिताएर पठाउनुस् १०० दिनमै परिवर्तनको अनुभूति दिलाउँछु

MadhesKhabar

ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन

MadhesKhabar

Leave a Comment