Madhes Khabar
राजनीति

छपकैयामा रास्वपा उम्मेदवार कानुले भने :जिताएर पठाउनुस् १०० दिनमै परिवर्तनको अनुभूति दिलाउँछु

वीरगन्ज, ६ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधबार वीरगन्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो अभियानका क्रममा कानुले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको जीवनस्तर उकास्ने र भुईँ तहका मानिसहरूको आवाजलाई संसदमा प्रतिनिधित्व गर्ने बताए । “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ ।”

कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि आरोप लगाउँदै यस क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय काम नभएको बताए । “आज पनि यो क्षेत्र २० वर्षअघिको जस्तै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु ।”

रास्वपाका सबै उम्मेदवारहरूलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह (बालेन) लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने पनि उनले बताए ।

Related posts

मधेसमा मुख्यमन्त्री नियुक्ति विवाद :प्रदर्शनकारी र प्रहरीबीच झडप, ५ प्रदर्शनकारीसहित १० जना घाइते

MadhesKhabar

मधेसका जनता तड्पीरहेका छन् ,मधेस सरकार कहाँ छ ? : लोसपा अध्यक्ष सोनल

MadhesKhabar

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

MadhesKhabar

Leave a Comment