Madhes Khabar
पर्यटन

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्ज नाकामा सरसफाइ र पर्यटकलाइ स्वागत

तस्वीर : अजित भुजेलको फेसबुकबाट

मधेसखबर
वीरगन्ज,११ असोज : विश्व पर्यटन दिवसको अवसरमा मङ्गलबार वीरगन्ज नाकामा सरसफाइ गर्नुका साथै भारतीय पर्यटकहरुलाइ स्वागत पनि गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा होटल व्यसायी संघ पर्साको अगुवाइमा भारतबाट नेपाल प्रवेश गर्ने नेपालकै मुख्य नाका वीरगन्जको इनर्वा नाकामा सरसफाइ र भारतीय पर्यटकहरुलाइ स्वागत गरिएको हो ।

त्यसक्रममा कार्यक्रममा सहभागीहरुले इनर्वा नाका स्थित शंकराचार्य प्रवेशद्वार र मितेरी पुलममा सरसफाइ गरे भने नेपाल घुम्न भारतको मोतीहारीबाट आएका पर्यटकहरुलाइ खादा लगाएर स्वागत पनि गरिएको संघका महासचिव तबरेज आलमले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य, लोकतान्त्रिक समाजवादी पार्टीका महानगर अध्यक्ष ओम प्रकाश सर्राफ , नेपाल पत्रकाार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासु मियाँ ठकुराइ लगायतको पनि सहभागीता थियो ।

Related posts

जनवरी महिनामा ९२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

MadhesKhabar

अबको चार वर्षमा निजगढ विमानस्थल बनिसक्छ : अर्थमन्त्री महत

MadhesKhabar

दूधमतीको सौन्दर्यीकरणमा जुट्यो मधेस सरकार

MadhesKhabar

Leave a Comment