Madhes Khabar
धर्म/संस्कृति

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

मधेसखबर
वीरगन्ज ,११ असाेज: बडा दशैंको दोस्रो दिन आज (मङ्गलबार) देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

वीरगन्जकाे गहवामाई, वीर्तामाइ सहित देशभरका दुर्गा शक्तिपीठहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

दशैंको पहिलो दिन हिजो (साेमबार) घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

Related posts

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिकाे अध्यक्षमा दिलिप साह कानु

MadhesKhabar

आज सुर्य भगवान् र छठी माताकाे पूजा अर्चना गरेर हर्षाेल्लासका साथ छठ पर्व मनाइदैं

MadhesKhabar

विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेला आजदेखि सुरु

MadhesKhabar

Leave a Comment