Madhes Khabar
धर्म/संस्कृति

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

मधेसखबर
वीरगन्ज ,११ असाेज: बडा दशैंको दोस्रो दिन आज (मङ्गलबार) देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

वीरगन्जकाे गहवामाई, वीर्तामाइ सहित देशभरका दुर्गा शक्तिपीठहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

दशैंको पहिलो दिन हिजो (साेमबार) घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

Related posts

वीरगन्जमा ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्रकाे स्वर्ण जयन्ती भव्य रुपमा सम्पन्न

MadhesKhabar

गहवामाईको डोली यात्रा वीरगन्जमा चैत २३ गते निकालिने

MadhesKhabar

सखुवा प्रसौनीको पचगाँवामा आयोजित दंगल कुश्तीको गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment