Madhes Khabar
राष्ट्रिय

राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागि पंकज र तिवारी सहित पर्साबाट चार जनाकाे मनोनयन

मधेसखबर
वीरगन्ज,०२असोज:राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि उत्कृष्ट पाँचमा पर्न सफल भएका फाेटाे पत्रकारहरुको नामावली सार्वजनिक गरेको छ ।

राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागि १४ विधामा उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरुकाे नामावली सार्वजनिक गरिएको हो ।
प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्डमा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटो पत्रकारहरु छनौट भएका छन । जसमध्ये पर्साका चार जना छनौट भएका छन ।
पर्साबाट नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादव ,कान्तिपुर टेलिभिजनमा कार्यरत पंकज श्रेष्ठ छनौट भएका छन । यस्तै ग्यालेक्सी टेलिभिजनमा कार्यरत जियालाल प्रसाद साह र मध्य नेपालकी कविता खड्का पनि छनौट भएको आयोजक राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) का कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिए ।
उक्त मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्येवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ यही असोज ६ गते संस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना गरी वितरण गरिने उनले बताए ।

उक्त कार्यक्रममा फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंगालेर हाल निवृत्त जीवन व्यतित गरिहेका अग्रज संस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान पनि गरिने कार्यक्रम संयोजक वन्तले बताए ।

Related posts

गृहमन्त्रालय बारे निर्णय लिन रास्वपाले प्रचण्डलाई दियो दुई दिनको अल्टिमेटम

MadhesKhabar

नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

MadhesKhabar

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

MadhesKhabar

Leave a Comment