Madhes Khabar
स्थानिय

वीरगन्जकाे अलौंमा एम्बुलेन्सकाे ठक्करबाट एक वृद्धकाे मृत्यु

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज,२८ भदौं : वीरगन्जमा मङ्गलबार एम्बुलेन्सले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको  मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते पनि भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नंबर २५ अलौ स्थित हुलाकी सडक खण्डमा मङ्गलबार दिउँसाे साढे २ बजे बा २ झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २–०३–०१२प ५६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पर्साकै सखुवाप्रसौनी गाउँपालिका–४ का ७० बर्षीय फजिल देवानकाे मृत्यु भएको हाे ।

दुर्घटनामा माेटरसाइकल चालक ४० वर्षीय जुमादिन देवान घाइते भएका छन् ।उनकाे वीरगन्ज स्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले एम्बुलेन्स चालक वीरगन्ज महानगरपालिका वडा नंबर १९ का ४० वर्षीय जियालाल यादवलाई नियन्त्रणमा लिएको छ ।

Related posts

पर्साका दास ब्राउन सुगरसहित बारामा पक्राउ

MadhesKhabar

अविरल वर्षाले वीरगन्जसहित पर्साको जनजीवन प्रभावित,सतर्कता अपनाउन मेयर सिंहकाे आग्रह

MadhesKhabar

वीरगन्जमा फेरि तनाव : ठाँउठाँउमा टायर बालेर प्रदर्शन, दुई पत्रकार घाइते

MadhesKhabar

Leave a Comment