Madhes Khabar
कृषि

ठोरीको विजयवस्तीमा पशु हाट बजारको उद्घाटन

मधेसखबर
वीरगन्ज,२३ भदौं : पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्तीमा लाग्ने पशु हाटबजारको उद्घाटन गरिएको छ ।बिहीबार आयोजित कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले हाट बजारको उद्घाटन गरेकी हुन् ।

विजयवस्तीमा हरेक आइतबार र बिहीबार गरि साताको दुइ दिन पशु हाटबजार लाग्ने बजार समितिका अध्यक्ष हरि प्रसाद सिलवालले जानकारी दिए । हाट बजारले यस क्षेत्रका किसानलाइ पशुपालन तिर आकर्षित गर्ने र यसबाट किसान मात्रै नभइ यस क्षेत्रका सर्वसाधरण पनि लाभान्वित हुने बताइएको छ ।

हाट बजारको उद्घाटन कार्यक्रममा ठोरी ४ का वडाअध्यक्ष मान बहादुर थिङ , नेकपा एमालेका युवा नेता खगेन्द्र श्रेष्ठ , पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डाक्टर हरेराम प्रसाद यादव , डाक्टर पुष्पेन्द्र साह, डाक्टर दिनेश कुमार तिवारी , जिराभवानी गाउपालिकाका पशु शाखा प्रमुख छत्र बहादुर साह , ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक श्याम कृष्ण श्रेष्ठ , सशस्त्र प्रहरी निरीक्षक दिपक नापित लगायतको पनि उपस्थिती रहेकोे थियो । हिरा बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन स्थानीय गोपि श्रेष्ठले गरेका थिए ।

 

Related posts

बैंक खातामा रकम पठाउने मधेश सरकारको कार्यक्रम प्रति किसानको आशंका

MadhesKhabar

मधेस सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार पठाइ दिने

MadhesKhabar

आज असार १५ ,राष्ट्रिय धान दिवस मनाइँदै

MadhesKhabar

Leave a Comment