Madhes Khabar
धर्म/संस्कृति

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले सुरु गर्‍यो आर्थिक संकलन अभियान

मधेसखबर
वीरगन्ज, ०३ भदौं : राप्रपाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी बनाउन आर्थिक संकलन सुरु गरेको छ ।

संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समूह र संघसंस्थालाई जोड्न बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोष वृद्धि अभियान घोषणा गरेका हुन् ।

राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ–सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ ।

अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने श्रेष्ठले बतए ।

 

Related posts

वीरगन्जमा धार्मिक सहिष्णुता कायम राख्न निकालियो ‘सदभाव रयाली’ (फोटो फिचर)

MadhesKhabar

आज यमपञ्चककाे तेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

एमाले अध्यक्ष ओलीले भने : भगवान् रामको जन्मभूमि चितवनको माडीमै पर्छ

MadhesKhabar

Leave a Comment