मधेसखबर
वीरगन्ज,२३ साउन : पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ मधवन मथवलमा दुग्ध डेरी सन्चालनमा आएको छ
कोइलाभार कृषक समूहको समन्वय र सहकार्यमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध डेरी सन्चालनमा ल्याएको हो।
सखुवा प्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले सोमबार उक्त दुग्ध डेरीको समुद्घाटन गरेकी हुन् ।
लामो समयको प्रयासपछि डेरी सन्चालनमा आएसँगै मधुवन मथवलका पशु पालक कृषकलाई ब्यवसायिक बन्न अभिप्रेरित गरेको र कृषकहरुलाइ थोरै भएपनि राहत पुगेको छ । उत्पादित दुध बेच्न ४ किमि.पैदल यात्रा र ३ घन्टाको फजुल समय खर्च गर्नु पर्ने समस्याबाट किसानहरूलाई अब उन्मुक्ति मिलेको स्थानीय युवा गिरीराज कँडेलले बताए ।
दुग्ध लिन /दिन मनवा जानुपर्ने समस्या बाट उन्मुक्ति मिलेको छ !थप २ जना कृषक रोजगार भएका छन् !
डेरीको उद्घाटन कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल ,वडा अध्यक्ष बासुदेव महतो ,पुर्ब वडा अध्यक्ष-बिश्वनाथ पटवारी ,रितनारायण चौधरी ,राजेन्द्र कडेल ,जगन्नाथ तिवारी ,भुमा अधिकारी ,हेमराज महतो लगायतको पनि सहभागिता रहेको थियो।

