Madhes Khabar
कृषि

मधवन मथवलमा दुग्ध डेरी सन्चालनमा आएपछि किसानहरु खुसी

मधेसखबर

वीरगन्ज,२३ साउन : पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ मधवन मथवलमा दुग्ध डेरी सन्चालनमा आएको छ

कोइलाभार कृषक समूहको समन्वय र सहकार्यमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध डेरी सन्चालनमा ल्याएको हो।

सखुवा प्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले सोमबार उक्त दुग्ध डेरीको समुद्घाटन गरेकी हुन् ।

लामो समयको प्रयासपछि डेरी सन्चालनमा आएसँगै  मधुवन मथवलका पशु पालक कृषकलाई   ब्यवसायिक बन्न अभिप्रेरित गरेको र कृषकहरुलाइ थोरै भएपनि राहत पुगेको छ । उत्पादित दुध बेच्न ४ किमि.पैदल यात्रा र  ३ घन्टाको फजुल समय खर्च गर्नु पर्ने समस्याबाट किसानहरूलाई अब उन्मुक्ति मिलेको स्थानीय युवा गिरीराज कँडेलले बताए ।

दुग्ध लिन /दिन मनवा जानुपर्ने समस्या बाट उन्मुक्ति मिलेको छ !थप २ जना कृषक रोजगार भएका छन् !

डेरीको उद्घाटन कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल ,वडा अध्यक्ष बासुदेव महतो ,पुर्ब वडा अध्यक्ष-बिश्वनाथ पटवारी ,रितनारायण चौधरी ,राजेन्द्र कडेल ,जगन्नाथ तिवारी ,भुमा अधिकारी ,हेमराज महतो  लगायतको  पनि सहभागिता रहेको थियो।

 

Related posts

धान दिवस कार्यक्रममा जगरनाथपुरका अध्यक्ष यादवले भने : धान नेपालीको पहिचान मात्र नभई संस्कृतिपनि हो

MadhesKhabar

पर्साका किसानलाई वितरण नगरी घरमा लुकाएर राखिएको १९१ बोरा मल बरामद

MadhesKhabar

तोरी खेतीले पहेंलपुर पर्साको ठोरी, यसपालि २४ करोडको उत्पादन हुने अनुमान

MadhesKhabar

Leave a Comment