Madhes Khabar
शिक्षा

वीरगन्जमा पर्सा म्यानेजमेन्ट कलेज सन्चालन

मधेसखबर
वीरगन्ज,१८ साउन : वीरगन्जमा व्यवस्थनपन र कानून संकायको अध्ययन अध्यापन हुने थप एक कलेज सन्चालनमा आएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानिटंकीमा बुधबार देखि पर्सा म्यानेजमेन्ट कलेज सन्चालनमा ल्याइएको हो ।

सबै कक्षाकोठामा पूर्ण वातानुकुलित (एसी ) सेवा सहितको भौतिक पुर्वधार भएको कलेजको बुधबार एक समारोका बिच विधिवत रुपमा शुभाराम्भ पनि गरिएको छ ।कलेजमा झण्डै देशकको अनुभवी शिक्षक तथा प्रध्यापकहरुले अध्यापन गराउने कलेजका कोडिनेटर प्रकाश यादवले जनकारी दिए ।

यादवका अनुसार कलेजमा भर्नाका लागि विद्यार्थीहरुबाट बुधबार बाटै आवेदन लिने काम पनि शुरु गरिएको छ । कलेजले पहिलो चरणको छात्रविृतिमा विद्यार्थीहरुले नाम निकालन सफल भएपछि भर्ना शुल्क निशुल्क गर्ने र हरेक तीन तीन महिनामा हुने आन्तरीक परिक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई छात्रविृति दिने कलेजका प्रिन्सीपल शुसिल ठाकुरले जनाए ।

दलित ,अदिवासी,महिला, खेलाडी, कलाकार तथा पिछडिएका विद्यार्थीलाई विषेश सहुलियत रहेको जाउदैं उनले मोटिभेसन,शैक्षिक भ्रमण,योग तथा स्वास्थ्य शीवीर लगायतका अतिरिक्त कृयाकलापमा कुनै शुल्क नलिने पनि ठाकुले बताए ।

Related posts

शिक्षकहरुले बहिष्कार गरेपनि पर्साका केही पालिकामा विद्यार्थी भर्ना अभियान सञ्चालन

MadhesKhabar

सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे

MadhesKhabar

सरकारी विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै बारामा आन्दोलन सुरु

MadhesKhabar

Leave a Comment