Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज ड्राइपोर्टमा दाल भनेर प्रतिबन्धित चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरीवाना

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज , १७ साउन : दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने एक फर्मलाई वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा ड्राइपोर्ट भन्सारले १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो ।जरिवाना तिर्नका लागि सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको ड्राइपोर्ट भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए ।

‘दुबईबाट मुङको दाल बोकेर वीरगन्जको ड्राइपोर्ट भन्सार आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भयो,’ न्यौपानेले भने, ‘भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटिएको थियो ।’

आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको ड्राइपोर्ट भन्सारले जनाएको छ । आयातकर्ताले नेपालका ठूला होटल र रेष्टुराँमा बिक्रीका लागि मोन्ट भेरियन्स नामक उक्त चुरोट ल्याएको बुझिएको भन्सारको भनाइ छ ।

Related posts

सेवाग्राहीको काम विना झण्झट तत्काल गर्न वडा सचिवहरुलाई मेयर सिंहको निर्देशन

MadhesKhabar

वीरगन्जमा हैजाका बिरामीहरु भेटिएपछि महानगरद्वारा रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन

MadhesKhabar

पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

MadhesKhabar

Leave a Comment