Madhes Khabar
पर्यटन

नेपाललाई विश्वमा चिनाउन वीरगन्जका युवा मुन्नाले वीरगन्ज देखि दिल्ली सम्म पैदल यात्रा गर्ने

मधेसखबर

वीरगन्ज,१४ साउन : नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जका एक युवाले वीरगन्ज देखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा गर्ने भएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले वीरगन्ज देखि दिल्ली सम्मको १०६० किलोमिटरको दुरी पैदल यात्रा गर्ने भएका हुन्।

वीरगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर उनले यस बारे जानकारी गराएका हुन् ।  नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल -भारतको रोटी- बेटि एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ यो पैदल यात्रा गर्न लागेको उनले बताए ।

पैदल यात्रा छन्  यही साउन  २१ गते  वीरगन्जबाट प्रारम्भ गर्ने भन्दै उनले वीरगन्जबाट बिहारको रक्सौल , नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद , बुलेन्दसहर हुदै दिल्ली पुगेर पैदल यात्रा पुरा गर्ने आफ्नो योजना रहेको जानकारी गराए ।

पैदल यात्राका लागि नेपाल र भारत दुवै देशका सम्बन्धित निकायबाट आफुले अनुमति पनि लिइसकेको जानकारी उनले दिए ।

शनिवारको पत्रकार सम्मेलनमा उनका बुबा,आमा, लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतको पनि सहभागीता रहेको थियो।

 

Related posts

अंग्रेजी नयाँ वर्षमा पर्साको ठोरी भारतीय र स्वदेशी पर्यटकले भरिभराउ

MadhesKhabar

ठोरीमा पनि सुरु भयो ‘जंगल सफारी’

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment