Madhes Khabar
स्वास्थ्य

श्रीराम हस्पिटलमा रक्तदान कार्यक्रम, ५२ पोका रक्त संकलन

मधेसखबर

वीरगन्ज,३२असार: वीरगन्जको विर्ता स्थित  श्री राम हस्पिटलले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हस्पिटल परिसरमै आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् ।हस्पिटलकी सञ्चालिका डा.प्रिती यादव आफैले रगत दान  गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संचारकर्मी नवराज फुयाँल, डा.सुनिल यादब, पुजा पटेल लगायत ५२ जनाले रक्तदान गरेको अस्पतालकी सञ्चालिका डा.दिप्ती यादवले जानकारी दिइन् ।

बढ्दो गर्मीका कारण अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको र रक्तसंचार केन्द्रमा रगतको अभाव भएकाले अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा रंक्तसंचार केन्द्रले प्राबिधिक सहयोग गरेको केन्द्रका   प्राविधिक प्रमुख   सौरभराज पाण्डेले बताए ।

Related posts

वीरगन्जलाई क्षयरोग मुक्त पालिका घोषणा गर्न महानगरले सुरु गर्याे अभियान

MadhesKhabar

पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना पुष्टि

MadhesKhabar

बालबालिकाका लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम वीरगन्जमा सम्पन्न

MadhesKhabar

Leave a Comment