Madhes Khabar
कृषि

खडेरीले पर्सामा आधा भन्दा पनि कम धान रोपाइ ,किसान चिन्तित्

मधेसखबर
वीरगन्ज,३२असार : लामो समय देखि पानी नपरेर खडेरी पर्दा पर्सा जिल्लामा अहिले सम्म आधा पनि धान रोपाइ हुन सकेको छैन ।

लामो समय देखि पानी पनि नपरेको र चर्को घामले ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेका छन् वैकल्पिक सिंचाइ गरेर रोपिएका धानको बोट पनि पहेलिएर डढ्न थालेका छन् ।

अन्नके भण्डार मानिने मधेस प्रदेशका आठ जिल्ला मध्ये पर्सामा अहिले सम्म सबै भन्दा कम ४२ प्रतिशत मात्रै रोपाइ भएको छ । शुक्रबार सम्म पर्सामा ४२ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मुनिलाल प्रसादले बताए ।

यसपाली समयमा पानी नपर्दा पर्साका किसानले धान रोप्न पाएका छैनन्  । आकाशेपानीको भरपर्दा अहिलेसम्म पर्सामा ४२ प्रतिशत मात्र खेतमा रोपाइँ भएको हो  । अघिल्लो वर्षको तुलनामा यो आधा भन्दा पनि कम हो  ।
कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक सुरेश चौरसीयाले आकाशेपानीको भरपर्दा आधा भन्दा बढि  किसानले रोपाइँ गर्न नसकेको बताए ।

‘किसानले लगाएको बीउ सुक्न थालिसक्यो , यो बेला सम्म रोपाइँ सक्नुपथ्र्यो,’ उनले भने, ‘साउन भित्रमा रोपाइँ सकिन्छ होला ।यसपाली गण्डक नहरमा पनि समयमा पानी नआएकाले पर्सामा रोपाइ थोरै भएको उनले बताए । उनका अनुसार पर्सा जिल्लामा धान खेती ४७ हजार १ सय ३० हेक्टरमा हुने गरेको छ । ती मध्ये अगहनी धानको खेती ४६ हजार हेक्टरमा हुने गरेको चाौरसीयाले बताए ।

यसैगरि बारा जिल्लामा भने अहिले सम्म ५० प्रतिशत रोपाइ भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए । कुल ४८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको बारामा अहिले सम्म त्यसको आधा मात्र रोपाइँ भएको उनले बताए ।

Related posts

पर्सामा मलकाे कालाेबजारी: बड्निहारबाट २७ बाेरा मल सहित २ जना पक्राउ

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

MadhesKhabar

पर्सा जिल्लाका लागि मलको कोटा बढाउन आपुर्तिमन्त्री रिजालको निर्देशन

MadhesKhabar

Leave a Comment