
मधेसखबर
वीरगन्ज,१३असार : वीरगन्जमा सोमबार भएको मैत्रीपूर्ण क्रिकेट खेलमा सानो पाइला विजयी भएको छ ।
अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा आयाोजित मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल प्रहरीलाइ पराजित गर्दै सानो पाइलाको टिम विजयी भएको हो ।जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको खेल मैदानमा भएको खेलमा नेपाल प्रहरीलाइ २१ रनले पराजित गर्दै सानो पाइला विजयी भएको हो ।
११७ रनको लक्ष्य पछाउदै जवाफी व्याटिंगमा उत्रिएको प्रहरीको टिम १२ ओभर खेल्दै ९५ रनमै अलआउट भएपछि खेल सानो पाइलाले जितेको हो । त्यसअघि टस हारेर पहिले व्याटिंग गरेको सानो पाइलाले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउदै ११६ रन बनाएको थियो ।
प्रतियोगिताको समापन समारोहमा पर्साका प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीले विजेतार उपविजेता टिमका खेलाडीहरुलाइ ट्रफी र मेडल प्रदान गरेका थिए ।
अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा सात दिन अभियान अन्तर्गत मङगलबार तेश्रो दिन घण्टाघर , माइस्थान र बसपार्कमा सडक नाटक प्रदर्शन र सुचना डेस्क राखिने आयोजक सनो पाइलाले जनाएको छ ।सानो पाइलाले आइतबार देखि शुरु गरेको अभियान असार १८ गते सम्म चल्ने संस्थाका विवेक कर्णले जानकारी दिए ।

