Madhes Khabar
स्वास्थ्य

लागुऔषध दुव्र्यसन बारे सखुवाप्रसौनीका विधार्थीहरुसंग प्रहरीको अन्तरकृया

तस्वीर : रामकिशोर चौधरी

मधेसखबर
वीरगन्ज,१२असार : पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा आइतबार विधार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

गाँउपालिकाको स्वास्थ्य शाखाले दिपनरायण आदर्श नमुना माध्यमिक बिधालयको कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुसंग अन्तकरृया गरेको हो ।

कार्यक्रममा सहभागी विधार्थीहरुलाइ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली प्रहरी निरिक्षक किशोर आचार्यले लागु औषधका किसिम , यसको प्रयोगबाट हुने हानी , यस विरुद्धका कानूनी कार्वाहीका प्रावधाानका बारेमा जानकारी गराएका थिए ।

 

प्रहरी निरिक्षक आचार्यकै अध्यक्षतामा भएको स्वास्थ्य चौकीका प्रमुखहरु, गाउँपालिकाका कर्मचारी लगायतको पनि सहभागीता रहेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

Related posts

वीरगन्जमा झाडापखाला र हैजाका ४ सय भन्दा बढी बिरामीहरु निको भएर घर फर्किए

MadhesKhabar

आयुर्वेद चिकित्सालय वीरगन्जको अध्यक्षमा अनिल सिंह र सदस्यमा नेहा मिश्र मनोनित

MadhesKhabar

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

MadhesKhabar

Leave a Comment