Madhes Khabar
स्वास्थ्य

लागुऔषध दुव्र्यसन बारे सखुवाप्रसौनीका विधार्थीहरुसंग प्रहरीको अन्तरकृया

तस्वीर : रामकिशोर चौधरी

मधेसखबर
वीरगन्ज,१२असार : पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा आइतबार विधार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

गाँउपालिकाको स्वास्थ्य शाखाले दिपनरायण आदर्श नमुना माध्यमिक बिधालयको कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुसंग अन्तकरृया गरेको हो ।

कार्यक्रममा सहभागी विधार्थीहरुलाइ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली प्रहरी निरिक्षक किशोर आचार्यले लागु औषधका किसिम , यसको प्रयोगबाट हुने हानी , यस विरुद्धका कानूनी कार्वाहीका प्रावधाानका बारेमा जानकारी गराएका थिए ।

 

प्रहरी निरिक्षक आचार्यकै अध्यक्षतामा भएको स्वास्थ्य चौकीका प्रमुखहरु, गाउँपालिकाका कर्मचारी लगायतको पनि सहभागीता रहेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

Related posts

राष्ट्रिय स्तरका १३ प्रमुख अस्पतालको मूल्यांकनमा नारायणी अस्पताल ११ नम्बरमा

MadhesKhabar

पोखरियाको निशुल्क आँखा शिविरमा १८२ जनाको आँखा परिक्षण

MadhesKhabar

वीरगन्जमा रेडक्रसको स्वास्थ्य शिविरबाट ४१ जनाले लिए लाभ

MadhesKhabar

Leave a Comment